दफा १२४
गयल वा हिरासतमा परेको समयको गणना
: दफा १२३ को उपदफा (२) को खण्ड (क) को प्रयोजनको लागि,–
(क) एक दिन वा एकभन्दा बढी दिन गरी लगातार ६ घण्टाभन्दा कम गयल भएमा वा हिरासतमा परेमा गयल भएको वा हिरासतमा परेको मानिने छैन ।
(ख) एक दिनभन्दा कम्ती गयल भएको वा हिरासतमा परेको कारणबाट कुनै सैनिकले पूरा समय काम गर्न नपाई अरू कसैलाई सो काममा
लगाइएमा त्यसरी एक दिनभन्दा कम गयल वा हिरासतमा परेकालाई एक दिन गयल भएको वा हिरासतमा परेको मानिनेछ ।
(ग) कुनै दिन लगातार बाह्र घण्टा वा बढी गयल भएको वा हिरासतमा परेको भए त्यस्तो समय जति भए तापनि एक दिन मात्र गयल भएको वा हिरासतमा परेको मानिनेछ ।
(घ) मध्य रात अगाडिदेखि गयल भई वा हिरासतमा रही मध्य रातपछि सो गयल वा हिरासत अन्त भएमा पूरा एक दिनको अवधि मानिनेछ ।